“नेपाल दर्शन २०२०” सास्कृतिक तथा पर्यटन विधाको फोटो प्रतियोगिता

photokipa, photo, competition

“नेपाल दर्शन २०२०” सास्कृतिक तथा पर्यटन विधाको फोटो प्रतियोगिता
प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा, धार्मिक वस्तुस्थिति, पुरातात्विक र ऐतिहासिक धरोहरहरुका कारण हाम्रो देश नेपाल सँग प्रचुर पर्यटनको सम्भावना छ । हिमाल, पहाड र तराईको भौगोलिक विबिधता संगै विबिध प्राकृतिक र संस्कृतिकमा बिभित्र जातजाति, धर्म, सांस्कृति र सभ्यताहरुले भरिमूर्ण छ, हाम्रो देश नेपाल । यो प्रकृतिक र संस्कृतिक अनुपम उहार नै नेपालको अमुल्य गहना हो । तसर्थ यस्ता अनूपम उपहारलाई नेपालको सबृद्धि संग जोडर यसको उचिति संरक्षण गर्दै प्रवद्र्धन गर्दै लैजान सकेको खण्डामा देश समृद्धिको यात्रामा अगाडी बढेने कुरामा दुईमत छैन ।

यसको लागी देश भरी छरिएर रहेका बृहत्तर सम्भावनाहरुलाई पर्यटकीय दृष्टिकोण बाट अगाडी पढन सक्नु पर्छ । हाल चिनिएका भनौ वा चर्चामा आएर आन्तरीक तथा बह्य पर्यटकको नजरमा परेका स्थानहरुलाई अझ बृहत बनाउदै लैजान सक्नु पर्छ । प्रकृतिक संस्कृतिक रुपले महत्वपूर्ण वा रमणीय भएर पनि पर्यटकिय दृष्टिकोण बाट पछि परेको वा चर्चामा नआएका स्थानहरुको पनि उचित प्रचार प्रसार गर्दै चर्चामा ल्याई पर्यटकिय गन्तब्य वनाउन जरुरि देखिन्छ । यो सबै सम्भावनहरुलाई एउटै मालामा उनेर एकिकृत ढंगले अगाडी बढाउन हामीले यो प्रयास गर्न लागेका हौं । तसर्थ हाम्रो पर्यटकीय क्षेत्र र सम्भावना उजागर गदै लैजान सकेको खण्डमा मात्र समृद्धिको सपना पुराहुन सक्छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० सफल हुन सक्छ । यस विषयमा एक बृहत्तर सामाजिक संवाद र बहसको आवश्यकता छ । यो आवश्यकतालाई मनन गर्दैे नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सहयोग गर्ने हेतुले राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालद्धारा “नेपाल दर्शन २०२०” नामक फोटो प्रतियोगिता गर्न लागेको सहर्ष जानकारी गराउन पाउँद हर्षित छौ ।

देशै भरी छरीएर फोटो पत्रकारीता गरि रहेको फोटो पत्रकारहरु विगत २२ वर्ष देखि यही संस्था, एनएफपिजे नेपाललाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध भएका छन् । सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी मनाउने तयारी गरिहरकको छ । आफूले खिचेको फोटोको माध्यमबात भ्रमण वर्षलाई सफल पार्न र सहयोग गर्न देशभरीका फोटोग्राफ तथा फोटोपत्रकारहरुले चहीराखेको कुरालाई मनन गर्दै नेपाल भ्रमण वर्ष २०२० “नेपाल दर्शन २०२०” फोटो प्रतियोगिता तथा पुस्तक प्रकाशन गर्न लागिएको हो ।
संस्कृति र पर्यटन संग सम्बन्धि फोटोहरुले मात्र प्राथमितका पउने कुरा पनि सहभागीहरुलाई अवगत गराउन चाहान्छौ । फोटो पठाउँदा प्रतियोगीले कुनै शुल्क तिर्नुपर्ने छैन । विश्वको जुनसुकै ठाउँवाट पनि नेपालको संस्कति र पर्यटन झल्काउने फोटो पठाउन सक्नेछन । उक्त फोटो फोटोग्राफर स्वयमले नेपालमा खिचेकाहुनु पर्नेछ । तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बीरहरु प्रतियोगीतामा सहभागीताको लागि पठाउन पाइने छैन । जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार भएको तस्विरहरु पठाउन पनि पाइने छैन । प्रतियोगितामा सहभागि जनाउन चाहनेले बढीमा १० वटा फोटो पठाउन सक्ने छ । प्रतियोगीले भदौ ३१ गतेको मध्यरातसम्ममा फोटो पठाइसक्नु पर्नेछ र विजेताको घोषणा असोज १० गते विश्व पर्यटन दिवसको अवसरमा गरिने छ । प्रतियोगिताका बारेमा थप जानकारीको लागि राष्ट्रिय फोटोपत्रकार समुहको आधिकारिक वेभसाइटमा हेर्न सकिनेछ । (एनएफपीजे नेपाल डटकम )

यस प्रगियोगिताका सहभागीहरुको उत्कृष्ट फोटोकोलाई छनौट गरी प्रथम, द्वितिय र तृतिय घोषणा गरी क्रमस नगद रु. २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरी सातवाटै प्रदेशका प्रदेश स्तरीय फोटोलाई पनि उत्कृष्ट घोषणा गरिने छ । उत्कृष्ट घोषित सात प्रदेशका सात जानलाई नगद रु १०-१० हजार सहित प्रमाण पत्र प्रदान गरिने छ । साथै हरेक प्रदेशका उत्कृष्ट २० फोटोहरुलाई फोटो पुस्तकमा समावेश गरिने छ ।

यस प्रतियोगितामा सहभागी हुनेहरुले यही २०७६ भदौ ३१ गते सम्म हाम्रो कार्यालयको इमेल nfpjnepal2053@gmail.com मा पठाई सक्नु पर्नेछ । यस सम्बन्धि विस्तृत जानकारीको लागी राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारीक वेवसाइट www.nfpjnepal.com मा लगअन प्राप्त गर्न सक्नु हुने छ ।

[the_ad_placement id="footer"]
x
[the_ad_placement id="overlay"]