हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोशी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, बैष्णवी मन्दिर, शहश्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल छन् । अल्पसंख्यक हायु, थामी, पहरी मात्र होइन दनुवारलगायत विविध जातजातिको बसोबास समेत सिन्धुलीमा छ । यसर्थ, कृषि उत्पादनलाई जोड्दै सिन्धुलीको पर्यटन प्रवद्र्धन गर्न सकिने प्रसस्त सम्भावना छन् । तिनै सम्भावनाको खोजी हो, तस्वीरमा सिन्धुली । सो प्रदर्शनीमा सिन्धुलीको प्राकृतिक, सांस्कृतिक, सामाजिक, जनजीवन, जीवनशैली, धार्मिक महत्वका तस्वीर राखिने छ ।