एनएफपीजे नेपालद्वारा नेपाल इन लकडाउन फोटो प्रतियोगिताको घोषणा
२०७७ असोज ६ गते काठमाण्डौ
विश्वव्यापि रुपमा फैलिएको कोभिड–१९ महामारीले नेपाललाई पनि नराम्रो संग प्रभावित बनाइ रहेको छ । नेपालमा कोभिड–१९ संक्रमितको दोस्रो केस फेला पर्ने बित्तिकै चेत्र ११ गते देखि नेपाल सरकारले देशव्यापि लकडान गर्यो । अहिले पनि पूर्ण कोभिड संक्रमणको रफतार रोकिएको छैन । लकडाउन पूर्ण रुपमा खुलेको छैन ।
लकडाउनका कारण आम मानिसहरु घरबाहिर निस्कन वर्जित भई उकुसमुकुसको दिनचर्या विताउन बाध्यभएका छन् । यस्तो विषम परिस्थितिमा पनि लकडान र कोरानाको पर्वाह नगरीकन स्वास्थ्य सतर्कता अपनाएर फोटोपत्रकार तथा फोटोग्राफरहरु फिल्डमा फोटो समाचार प्रवाह गर्न लागी अहोरात्र खटेका थिए ।
यसै कुरालाई मनन् गर्दै राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले आफ्नो २४औं स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रम अन्तर्गत यस वर्ष नेपाल इन लकडाउ शिर्षकमा फोटो प्रतियोगिता कार्यक्रम आयोजना गर्न पाउदा हामी खुशी छौ ।
अहिलेको यस कोरोना कहरमा सरकारले चैत्र ११ गते देखि गरेको लकडानको अवधिमा खिचिएका तस्वीरहरुलाई समेटेर प्रतियोतिको आयोगना गरिएको हो । प्रतियोगितामा सहभागी हुनकालागी २०७६ चैत्र ११ गते देखी २०७७ भाद्र मसान्त सम्म खिचिएका लकडाउन सम्बन्धि फोटोहरु समावेग गर्न पाइने व्यवस्था छ ।
लकडाउनको अबधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको संघर्ष, माहामारी पछि बच्न परिवर्तन गरेको आनिवानी, व्याहार र लकडानमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतिका सामना गर्नु प¥यो, दैनिक जिवन, प्रकृति, पर्यावरण लगायतमा परेको प्रभावलाई समेट्ने फोटोहरु यस प्रतियोतिामा समावेस गर्ने उदेश्य रहेको छ ।
प्रतियोगितामा सहभागीहरुले बढीमा तीन वटा फोटो समावेस गर्न सक्ने व्यवस्था मिलाईएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटोहरु छनौट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई जनही रु. १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने छ ।
प्रतियोगितामा सवैले नेपालीले फोटो पठाएर प्रतियोगितामा सहभागीता जनाउन सक्ने छन् ।
प्रतियोगितामा समावेस फोटोहरु निर्णायक समितिको निर्णयलाई मान्य हुने गरी नतिजा प्रकाशन गरने छ । साथै निर्णायक मण्डलहरुमा एनएफपिजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न बज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाइ सुवाल र ३६० म्यागाजिनका सम्पादक चारु चड्डाले भूमिका निर्वाह गर्नु हुने छ ।
राजेन्द्र चित्रकार
अध्यक्ष
फोटो पठाउने प्रक्रियाः
राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारीक https://www.nfpj.org.np/ विस्तृत जानकारी लिई इमेल मार्फत फोटोको पूर्ण विवरण क्याप्सन सहित फोटो पठाउनु पर्ने छ ।
फोटो पठाउँदा पालना गर्नु पर्ने शर्तहरुः
– फोटो १२ x १८ इन्चको ३०० रिजोलुसनको हुनु पर्ने छ ।
– फोटोको स्पष्ट विवरण उल्लेख हुनु पर्ने छ ।
– फोटो लकडाउन अवधिभर २०७६ चैत्र ११ गते देखी ०७७ भाद्र मसान्त सम्मको हुनु पर्ने छ ।
– फोटो नेपालमा र नेपालीले खिचेको हुनुपर्ने छ ।
– प्रतियोगितामा समावेस भएका फोटोहरुको बौद्धिक सम्पती हकदावीको जिम्मेवारी स्वयम् फोटोग्राफरमा हुने छ ।
# प्रतियोगितामा समावेस गरिएको फोटो अनावश्यक सम्पादान गरिएको पाइएमा मान्य हुने छैन ।
फोटो पठाउने अन्तिमितिः–
फोटो प्रतियोगितामा सहभागी हुने अन्तिम मिति २०७७ साल असोज मसान्त सम्म ।
आयोजक
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)
थप जानकारीकालागी
९८५१०४४८३५
९८४१८९५८११
९८४१८५१९२५